भारतको सहयोगमा उदयपुरमा क्याम्पस निर्माण



काठमाडौं ।
भारत सरकारले उदयपुरमा रहेको एक क्याम्पसलाई भवन निर्माणमा सहयोग गरेको छ ।
भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिका अनुसार भारतले चौदण्डीगढी नगरपालिकामा रहेको नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणका लागि ३ करोड २ लाख रुपिँया सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमबीच प्रतिनिधिसभाका स्थानीय सांसद डा. नारायण खड्काले भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथि रहनुभएको थियो ।

सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापित यो क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ४ वर्षे बीएड् पढाई हुँदै आएको छ , यहाँ १ सय ३५ विद्यार्थी अध्ययनरत छन् । सन् २००३ मा क्याम्पस भएको थियो । नवनिर्मित २ तले भवनमा १२ वटा कोठा, पुस्तकालयका साथै शौचालय र फर्निचरका सामानलाई व्यवस्थित गरिएको छ ।

उदयपुरका अतिरिक्त खोटाङ, सोलुखुम्बु, सप्तरी, सुनसरीलगायतका जिल्लाका विद्यार्थी लाभान्वित हुने दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्