अनसनमा बसेका नर्सको माग पूरा गर्न डा. गोविन्द केसीको सरकारसँग आग्रह



काठमाडौँ ।
डा. गोविन्द केसीले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । केसीले आईतवार एक विज्ञप्ति जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको माग पूरा गर्न आग्रह गर्नुभएको हो ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई लिएर दुई जना नर्स १० दिनदेखि अनसन बसेका छन् । अनसनका कारण उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

केसील स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सिप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सा तथा स्वास्थ्य शिक्षाको व्यापारीकरण रोक्न पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्