भृकुटीमा अध्यक्ष र प्रअको मनोमानी, जनप्रतिनिधिलाई बाईपास



मनोज भट्ट, महेन्द्रनगर ।
भृकुटी उच्चमाध्यमिक विद्यालय महेन्द्रनगरमा शिक्षक नियुक्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले मनोमानी गरेको आरोप लागेको छ । विद्यालयमा माध्यमिक तहका लागि रिक्त रहेको अंग्रेजी बिषय र आधारभुत तहको फुल दरबन्दीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम भट्ट र प्रधानाध्यापक हर्कबहादुर बिष्टले जनप्रतिनिधिलाई बाईपास गर्दै शिक्षक पुर्ती गरेको पाइएको हो ।

भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा लगायत समितिका अन्य चार जनाको सल्लाहलाई लत्याउँदै विव्यस अध्यक्ष भट्ट र प्रधानाध्यापक बिष्टले मनोमानी गरेको वडाअध्यक्ष बोहराको दाबी छ । ‘हामीलाई बाइपास गरियो । बैशाख ३१ गते बसेको बैठकका निर्णय नं. ५ सम्म हाम्रो पनि सहमति थियो, तर जब ६ नं. निर्णयमा राम्रो योग्य र क्षमतावान शिक्षक ल्याउँनु पर्ने हाम्रो माग थियो, त्यसलाई लत्याउँदै आफ्नो मान्छे भन्दै केशर सिंह महरालाई ल्याउने निर्णय बहुमत हाम्रो पु¥याउँछौ, भन्दै उक्त निर्णय लादियो ।’ वडाध्यक्ष बोहराले भने ।

यहि ३१ बैशाखमा विव्यसका अध्यक्ष भीम भट्टको अध्यक्षतामा उक्त बैठक बसेको थियो । जसमा विद्यालयकालागि विज्ञान सामाग्री खरिद, ल्याव र पुस्तकालयको जिम्मेवारी तोक्ने, पुराना फर्निचर मर्मत गर्ने, व्यवसायीक भवनको सीढी मर्मत गर्ने, अन्य मर्मत सम्भार गर्ने, सरुवा सहमति गर्ने र कर्मचारी भर्नाकार्य विधी सम्बन्धि निर्णय गरिएको थियो ।

उक्त विद्यालयको व्यवस्थापन समिति बैठकमा अध्यक्ष, वार्ड अध्यक्ष, प्रअ, विनि, अन्य चार जना व्यवस्थापन समिति सदस्य र दुई जना शिक्षक प्रतिनिधि गरेर १० जनाको निर्णय हुनु पर्ने हुन्छ । तर भृकुटिमा विद्यालयमा विनि, वार्ड अध्यक्ष, शिक्षक प्रतिनिधि र व्यवस्थापन समितिका सदस्यको स्वीकृति बिना नै प्रअ बिष्टले माइनिटिङ गर्दै दुई जना शिक्षक पुर्ति तथा अन्य निर्णयहरु पास गरेका छन् ।

निर्णय नं. ५ सम्म आफ्नो पुर्ण सहमति रहेको तर रिक्त रहेको शिक्षक पुर्तिमा एकलौटी निर्णय गरेको भन्दै भीनपा ४ का अध्यक्ष बोहरा लगायतका ५ जनाले हरुताहर गरेका छैनन् । निर्णय नं. ६ मा माध्यमिक तहको अंग्रेजी बिषयको रिक्त पदमा रौलेश्वर मा.विमा कार्यरत केशर सिंह महरालाई र प्राविको फुल दरबन्दीमा बैजनाथ बालज्योती लालझाँडी ५ मा कार्यरत द्रोपती भट्टलाई सरुवा सहमति नातागोता र एकलौटी ढङ्गले गरेको भन्दै वार्ड अध्यक्ष बोहरा लगायतका ५ जनाले असन्तुष्टी जनाएका छन् । वडाध्यक्ष बोहराका अनुसार प्राविमा सरुवा गरिएका द्रोपती भट्ट पनि विव्यसका अध्यक्ष भट्टका नातेदार हुँन् ।

उक्त बैठकले गरेको निर्णयको माइनिटिङ्गमा समेत दुई ओटा भिन्न भिन्न अक्षर पाइएको छ । एक पक्षले उक्त निर्णय अस्वीकार गरिए पछि विद्यालयका प्रअ हर्कबहादुर बिष्टले बाँकि निर्णय लेखेको विव्यसका अध्यक्ष भट्टले स्वीकार गरे । माइनिटिङमा अक्षर फरक भएमा उक्त निर्णयहरु स्वत रद्द हुने व्यवस्था रहेको छ । आफ्नो मात्रै एकलौटी, मनपरि ढङ्गले निर्णय गरेको कुरा विव्यसका अध्यक्ष भट्टले अस्वीकार गरेका छन् । ‘हामीले बहुमतले निर्णय गरे अनुसार काम गरेका छौ’ अध्यक्ष भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्