पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याड प्रस्थान



काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमण जानुभएको छ । एक महिना लामो बसाईका लागि आइतबार दिउसो पुर्वरानी कोमल, नातिनीद्धय पुर्णिका, किर्तिका, निजी सचिव सागर तिमल्सिना सहितको टोली बौङकक प्रस्थान गर्नुभएको हो । असार ३ गते नेपाल फर्कने गरी ज्ञानेन्द्र परिवार थाइल्याण्ड प्रस्थान गर्नुभएको निर्मल निवास स्रोतले जनाएको छ । तीन दिन अघि पुर्व युवराज्ञी थिए ।

मध्य र पुर्वी तराई भ्रमण पछि करिब एक महिना निर्मल निवासमै रहनुभएका ज्ञानेन्द्र परिवार नातिनिको पढाईको बारे जानकारी लिन थाइल्याण्ड जानुभएको हो । गएको फागुनमा परिवार सहित झापा स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएका लामो विदेश भ्रमणमा निस्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्