बैतडीमा जिप दुर्घटनाः ३ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा आइतवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी अन्य भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट अन्दाजी ४५ बर्षका हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ बर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का अन्दाजी ४० बर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ बर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १०का नवीन भट्ट घाइते भएका छन् ।

देहीमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतवार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो । घटनास्थल अहिले प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली पुगेको छ ।

जिप दुर्घटनाको कारण खुलेको छैन् । जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्