तर्साउने घर !



नेपालमा हरर फिल्म कम बनेका छन्। र बनेका हरर फिल्म खासै चलेका छैनन्। यसै दौरान घर नामक अर्को फिल्म निर्माण भइरहेको छ।
डीएस डिजिटलको प्रस्तुतिमा निर्माणाधीन फिल्म घरको फस्टलुकसँगै रिलिज डेटसमेत तोकिएको छ। फिल्म आगामी साउन ३ गते अल नेपाल रिलिज हुने भएको छ। फिल्मको फस्टलुकमा पनि एक युवतीको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ।

फिल्म अर्पण थापाको लेखन तथा निर्देशनमा बनिरहेको छ भने शर्मिला पाण्डे यसको निर्मात्री रहेकी छिन्। फिल्ममा निर्देशक अर्पण थापाका साथमा नायिका बेनिशा हमाल, सुरक्षा पन्तलगायतका कलाकार मुख्य भँमिकामा छन्।

निर्मात्री शर्मिला पाण्डेले फिल्म उत्कृष्ट बनेको दाबी गरेकी छिन्। ‘फिल्म हेर्दा दर्शक डराउने पक्का छ। हामीले उत्कृष्ट हरर फिल्म बनाएका छौं।’ –निर्मात्री पाण्डेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्