क कसको निद हराम ?




काठमाडौं उपत्यकाको सभ्यताको जननी हो बागमती । बागमतीसँग जोडिएको सभ्यता अति नदीको कन्चन स्वरुप हराएको वर्षौ भयो । अघिल्ला पुस्ताले बागमतीको कन्चन स्वरुपबारे नयाँ पुस्तालाई बताउँदा बुझाउँदा नयाँ पुस्ताले पत्याउँदैनन्, उल्टै गिज्याउँछन् ।

‘बागमतीमा पनि माछा हुन्थ्यो रे, मान्छे पौडी खेल्थे रे ड्याड मम पनि अनेक भन्नुहुन्छ’–छोरा–छोरी यस्तैयस्तै जवाफ फकाउँछन् । बागमती जोगाउन, नदी किनारामा हरियाली बढाउन, पानीको गुणस्तर सुधार्न, ढल रहित बनाउन प्रयास भइरहेका छन्, तर परिणाम ज्यूँका त्यूँ हुँदा नयाँ पुस्ताले बागमतीलाई ढलमतिका रुपमा बुझ्नु स्वभाविक हो ।

बागमतीको अवस्था सुधार्न कम्मर कसेको एसियाली विकास बैंक (एडीबी) पनि राम्रैसँग थला परेको धरहराबाट प्रष्टै देखियो । ढलमति बनेको बागमतिको गन्धले होइन, जग्गा मुआब्जा र मुआब्जासँग जोडिएका अनेक भाइरस्ले सो दातृ निकायको दान बालुवामा पानी हुने निधो देखियो ।

दीर्घ रोगबाट मुक्त हुन एडीबीले ३ अर्ब ६० करोड रुपियाँको परियोजनालाई समय अगावै बाईबाई गरेसी अब क कसलाई निद्रा नपर्ने हो कुन्नी ?

प्रतिक्रिया दिनुहोस्