रात्रि बस दुर्घटना अपडेटः घाइतेको उद्धार गरी काठमाडाैँ पठाइयाे



धादिङ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । काठमाडाैँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारबाट त्रिशुली नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गुजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अहिले पनि उद्धारको काम चलिरहेको । ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस केहीबेरअघि त्रिशुलीमा खसेको हो । घाइतेको उद्धार गरी काठमाडाैँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्