नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित



काठमाडौं, (नेस)
नेपाल लाइफ इन्स्योरेन्सको १९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले लगानीकर्तालाई चुक्ता पु“जीको २५ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर २३ दशमलव ५० (करसहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पु“जी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार हुनेछ ।

कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुह“ुदै समीक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।

साधारणसभाबाट आव २०७४÷७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरण एवम् कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव सभाद्वारा स्वीकृत भएको छ ।

कम्पनीको लगानी ६७ अर्ब रुपिया“ रहेको छ भने जीवन बीमा कोष ५९ अर्ब रुपिया“ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १ लाख २२ हजारभन्दा बढी अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्