एभरेस्ट बैंकद्वारा महालक्ष्मी विद्यालयलाई सहयोग



काठमाडौं, (नेस)
एभरेस्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउने पानीको सुविधा एवम् शौचालय हस्तान्तरण गरेको छ । एभरेस्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउने पानीको अभावमा विद्यालय जान नछोड्नु भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयलाई स्वच्छता कायम गर्न एवम् पिउने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, वडा अध्यक्ष कुलबहादुर कु“वर, एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर राजीव जेनलगायतको उपस्थितिमा एभरेष्ट बैंकले विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो ।

एभरेस्ट बैंकले १० लाखभन्दा बढी ग्राहकलाई ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्