जगदम्बा स्टिल्स् भारतको स्टिल संगठनद्वारा सम्मानित



काठमाडौं, (नेस)
जगदम्बा स्टिल्स् भारतको स्टिल संगठन स्टील अथोरटी अफ इण्डिया (सेल)द्वारा सम्मानित भएको छ । यही मे महिनामा भारतको राजधानी नया“दिल्लीमा आयोजित कस्टमर फेलिसिटेशन मिट २०१९ नामक कार्यक्रममा जगदम्बा स्टिल्स् सेल कम्पनीको विश्व बजारको २०१८÷२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको हो ।

कार्यक्रममा उपस्थित रहेका जगदम्बा स्टिल्स्का प्रमुख शंकरलाल अग्रवालले उक्त सम्मान अनिलकुमार चौधरी, अध्यक्ष तथा प्रबन्धक निर्देशक स्टिल्स् अथोरटी अफ इन्डियाबाट स्वीकारेका थिए । नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनित हुने जगदम्बा एक मात्र कम्पनी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्