कामना न्युज पब्लिकेसनमा फर्किए पुराना सम्पादक



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल समाचारपत्रका संस्थापक सम्पादकसमेत रहेका कपिल काफ्लेले शनिबारदेखि पुनः सम्पादककै रुपमा सेवा सुरु गर्नुभएको छ ।
काफ्लेलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले शनिबारै आयोजित एक कार्यक्रममा स्वागत गर्दै प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको असामयिक निधनले मर्माहत बनेको परिवारलाई स्थापनाकालदेखि संस्था बुझेका र दुखसुखमा साथ दिएका व्यक्तिको आगमनले राहतको अनुभव दिलाएको बताउनुभयो । उहाँले पुराना र अनुभवी अन्य अग्रजहरु पनि निकट भविष्यदेखि नै समावेश हुने जानकारी पनि दिनुभयो ।

‘सञ्चार माध्यमको सफलता टीमवर्कमा निर्भर गर्दछ, एक्लै केही हुनसक्तैन, म तपाईंहरुसँग सहकार्य गर्ने तत्परताका साथ संस्थामा फर्केको छु’ काफ्लेले यस पटक फर्किने गरी नआएको र संस्थालाई पाठक र व्यापार–व्यवसायी तथा आम सहयोगीको ईच्छा र आवश्यकताअनुसार सघाउने बताउनुभयो ।

नेपाल प्रेस इन्ष्टिच्यूटबाट प्रशिक्षार्थी पत्रकारका रुपमा २०४३ सालमा कामनामा प्रवेश गरेका काफ्ले क्रमशः साधना मासिक र महानगर दैनिकका संस्थापक सम्पादक हुनुभयो । काफ्ले मिडिया प्रशिक्षक तथा मानवअधिकारकर्मीका रुपमा पनि सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्