दानाको बोराभित्र एक सय २० किलो गाँजा



हेटौंडा ।
कुखुराको दानाको बोरामा प्लाष्टिकको बोराभित्र प्लाष्टिकले नै बेरेर लुकाइराखेको गाँजा प्रहरीले बरामद गरेको छ ।
११ वटा पोकामा रहेको १ सय २० किलो गाँजासहित ट्रकचालक÷ट्रकधनी मकवानपुरको राक्सिराङ–३ का २८ वर्षीय सुकुलाल थिङ र ट्रकका यात्री राक्सिराङ–३ स्थायी घर भएर चितवनको भरतपुर–१३, गीतानगर बस्ने वर्ष ३१ का नमराज दर्जीलाई नियन्त्रणमा लिइएको हो ।

शुक्रबार राति करिब २ः३० बजे ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।

हेटौंडा–११, नवलपुरस्थित सडकखण्डमा चेक गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना. ३ ख ३७१५ नम्बर मालबाहक ट्रकबाट गाँजा बरामद गरिएको हो ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना र ट्रक जफथ हुने पत्रकार सम्मेलन गरी प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्