Breaking: मालपोतका आधा दर्जन कर्मचारी जेल परे



बिष्णु तिमिल्सिना, बर्दिया ।
बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेता पनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६ जना मात्र कर्मचारी हाल कार्यरत छन् ।

कार्यालयमा १ जना उपसचिव स्तरको कार्यालय प्रमुख र ३ जना शाखा अधिकृत रहने ठाँउमा हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका एक जना मात्र शाखा अधिकृत रहेका छन् ।

प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली काठमान्डौ तालिममा भएको अबस्थामा बाँके जिल्ला प्रहरी कार्यालयमा परेको कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने क्रममा पक्राउ परेका बाँके लगाएत मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, ना.सु. कृष्णलाल शर्मा खरिदार भूमिराज पोखरेल कारागार चलान भएका छन् । भने प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली फरहार रहेको प्रहरीले जनाएको छ ।

मृतक मुजिबुल हसन अन्सारीका पत्नी हसरततुन निसा अंसारीले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धन गर्दा बर्दिया जिल्ला साबिक नेउलापुर गाबिस वडा नम्बर ७ क अन्र्तरगत पर्ने कट्टा नम्बर १९१ र नेउलापुर ९ ख को केही किट्टा जग्गा नामसारी गरेको कार्य कर्ते भएको आरोपमा ती कर्मचारीहरु कारर्वाहीमा परेका हुन् ।

प्रहरीले अनुसन्धान गरी अदालतमा मुद्दा पेश हुदा बाँके जिल्ला अदालतबाट बाँके जिल्ला अदालतले १९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको र १२ जना फरहार रहेको कुरा प्रहरीद्धारा बैशाख १३ गतेको प्रेस नोटमा जनाएको छ ।

अदालतबाट धरौतीमा छुटेको सो कार्यालयकी खरिदार तुलसा रानी थारुलाई अख्तियार दुरउपयोग अनुसन्धान आयोगबाट छनाबिन भईरहेकोले निलम्बन रहेको अबस्था छ । प्रमुख मालपोत अधिकृत लगाएत ६ जना कर्मचारी एकसाथ निलम्बनमा परेको अबस्था करिब दुई महिना पुग्दा पनि बिभाग तथा मन्त्रालयबाट कुनै कर्मचरी बर्दिया मालपोत तथा भूमिसुधार कार्यालयमा नपठाउनु बर्दियाका सेवाग्राही जनता प्रति सरकारले उपेक्षा गरेको थानिएको छ ।

पक्राउमा परेका कर्मचारीहरु अनुसन्धान भई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चालन गरेको र अदालतले छाडेका खरिदार तुलसीरानी चौधरीलाई अख्तियार दुरउपयोग अनुसन्धान आयोगले नियन्त्रमा लिएको कुरा सो कार्यालयका निमित्त प्रमुख बिक्रम गिरीले जानकारी गराउनु भयो ।

कार्यालयमा सामान्य काम बाहेक निर्णय गर्ने प्रमुख कर्मचारी नभएको कारण सबै कामहरु ठप्प हुदा सेवाग्राहीहरु मर्कामा परेको छन् । दैनिक करिब ६० लिखत लगाएत करिब १ सय ५० वटा सम्म सेवाग्राहीका काम आउने जानकारी प्र्रमुख गिरीले बताउनु भयो । कर्मचारीको सम्बन्धमा बिभाग तथा मन्त्रालयमा माग तथा जानकारी गराउदा पनि अहिले सम्म एक जना थप कर्मचारी नआएको बरु एक जना नासु समायोजन भई अन्यत्र जानु भएको जानकारी गराउनु भयो ।

निमित्त प्रमुख गिरीले आफु अन्य बिभागबाट सो कार्यालयमा आएदेखि रजिष्टेशनको जिम्मेवारी मात्र पाएकोले मुद्दालगाएत निर्णय गर्नु पर्ने कार्य आफुबाट हुन नसक्ने र कामको चापले त्यस तर्फ ध्यान दिन पनि नसकिने कुरा बताउनु भयो । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जानकारी लिँदा गत चैत्र ५ गते नै भूमि ब्यबस्था तथा अभिलेख बिभागमा मालपोत कार्यालयमा जनशक्ति पठाई दिन अनुरोध गरेको कुरा निमित्त प्रमुख जिल्ला अधिकारी ढुढिराज पोखरेलले जानकारी गराउनु भयो ।

मालपोत कार्यालयमा आर्थिक बर्षको अन्तिम चौमासिकमा कामको चाप बढी हुने भएकोले कर्मचारीको अभावमा सेवाग्राही जनताहरु टाढाटाढाबाट आउदापनि काम नभएर फर्केर जाने अबस्था सिर्जना भएको छ ।

नामसारीका लागि जिल्ला मात्रै नभइ काठमान्डौलगाएत देशका बिभिन्न ठाँउ र बिदेशमा रहेका जग्गा धनि समेत काम नभएर फर्कीन बाध्य भएका छन् । यस तर्फ सम्बन्धी निकाय र जनप्रतिनिधिहरुले पनि चासो नदिएको जनगुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्