पञ्चे बाजामा मायाले बोले हुन्थ्यो



मायाले बोले हुन्थ्यो केरे बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। तेजु परिवार र देवी घर्तीमगरको स्वर रहेको गीतमा अनिल खनालको शब्द तथा लय रहेको छ।
गीतको भिडियोमा अनिल खनाल, रमेश खनाल, सरु गिरी तथा रुषा तामाङको नृत्य तथा अभिनय रहेको छ। मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करन चैसिरको छायांकन रहेको छ। गीतलाई आशीष अविरले एरेन्ज गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्