किराँत समुदायले आज उभौली पर्व विभिन्न कार्यक्रम गरी मनाउँदै



काठमाडौँ । किँरातहरुको महान् पर्व उभौली आज किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ ।

वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।

उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाडौँ उपत्यकामासमेत विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्