ट्रम्पद्वारा संसद्मा ‘विल्ड अमेरिका’ भिसा प्रस्ताव प्रस्तुत



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा ग्रिन कार्डको स्थानमा नयाँ आप्रवासी योजना ‘बिल्ड अमेरिका‘ भिसाको प्रस्ताव राखेका छन् । यो नयाँ आप्रवासी योजना योग्यता र मेरिटमा आधारित हुनेछ ।

यसमा ग्रिन कार्ड वा स्थायी वैध निवासको अनुमति कुरेर बसेका विदेशी पेशा ब्यवसायी र दक्ष श्रमिकहरुलाई लाभ हुने छ । अहिले डेमोक्र्याटिक र रिपब्लिकनमा विवाद भइरहेकोले यो प्रस्ताव पारीत हुन कठिन हुने बताइएको छ ।

अमेरिकामा हरेक बर्ष करिब ११ लाख विदेशीलाई ग्रिन कार्ड दिने गरेकोछ । यस अन्तर्गत उनीहरुलाई अमेरिकामा स्थायी रुपमा काम गर्ने र बस्ने अनुमति हुनेछ । बर्तमान निति अनुसार ६६ प्रतिशत ग्रिन कार्ड पपरिवारसँग सम्बन्धका आधारमा दिने गरेको छ । मात्र १२ प्रतिशतलाई योग्यताका आधारमा यो कार्ड दिईएको थियो । ट्रम्पको यस प्रस्तावमा भिसा कोटा १२ प्रतिशतबाट बढाएर ५७ प्रतिशत गर्ने उल्लेख गरिएको छ ।

ट्रम्पले विहिबार यो नयाँ प्रस्तावबाट आफुले ठुलो परिवर्तन चाहेको बताए । यसबाट योग्यताले पनि वरियता पाउने उनले बताए । ह्वाइट हाउसका रोज गार्डनमा ट्रम्पले भने, अमेरिका सँधै विदेशीलाई स्वागत गर्ने देश रहेको छ र भविष्यमा पनि गरिरहनेछ ।

विदेशीले अंग्रजी भाषा सिक्नु पर्ने
‘विल्ड अमेरिका‘ भिसा अन्तर्गत ग्रिन कार्डका लागि विदेशीले अंग्रेजी भाषा सिक्नु पर्ने छ । सार्थ नागरिशशास्त्रको परिक्षा पनि उत्तिर्ण गर्नु पर्नेछ । यो प्रस्ताव अहिले संसदमा छ र यसले कांग्रेसबाट स्विकृती पाउन कठिन हुने अनुमान गरिएको छ । दुबै पार्टीका नेता यस प्रस्तावलाई लिएर एक आपसमा विभाजित छन् ।

यो नयाँ योजना ट्रम्पका ज्वाईं जेरेड कुश्नरको हो । यो योजनाको मुख्य उद्देश्य सीमा सुरक्षालाई बलियो पार्नु हो । यस योजनाबाट नागरिकका रुपमा आफनो जिम्मेवारी बुझनेलाई अवसर दिन चाहेको ट्रम्पले बताए ।
यो नयाँ नितिका उद्देश्य योग्यता, उच्च डिग्री बोकेका तथा पेशा ब्यवसायिक योग्यता भएकाहरुका लागि स्थायी सदस्यदा जस्ता नियम सरल गुर्न रहेको उनले बताए ।

मन्डेलाको जस्तो अदभुत क्षमताको चाहना
नयाँ नितिका सम्बन्धमा ट्रम्प प्रशासनका एक अधिकारीले अमेरिका आउने आप्रवासीमा नेल्सन मन्डेला जस्तो अदभुत क्षमता हुनु पर्छ भन्ने राष्ट्रपतिले चाहेको बताए ।

डाक्टर त्यस्तो हुनु, जोसँग क्यान्सरको उपचार विधि होस् र वैज्ञानिकमा पनि मंगलग्रहमा सबडिभिजन बनाउने क्षमता भएको हुनु पर्ने उनले चाहेना भएको ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्