विश्वकप क्रिकेट विजेताले ४० लाख डलर पाउने



नयाँ दिल्ली, (एजेन्सी)
आगामी आईसीसी विश्वकप क्रिकेट (५० ओभर) प्रतियोगितामा विजेता हुने टोलीले ४० लाख डलर पुरस्कार राशि पाउनेछ ।

यो अहिलेसम्मकै क्रिकेट विश्वकप प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी पुरस्कार रकम हो । गत विश्वकप क्रिकेट २०१५ को भन्दा केही रकम मात्रै बढोतर गरेको छ । गत विश्वकपको विजेता अस्टे«लियाले ३९ लाख ७० हजार डलर प्राप्त गरेको थियो ।

तर फिफा विश्वकप फुटबल प्रतियोगितासँग तुलना गर्दा यो रकम न्युन हो । यानि की फुटबल विश्वकपको भन्दा १० गुणा कम रकम हो । रुसमा भएको विश्वकप विजेता फ्रान्सलाई ३८ मिलियन डलर दिइएको थियो । नेपाली रुपियाँमा रुपान्तर गर्दा यो अरबौं रकममा पुग्छ ।

आईसीसीले इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि कूल पुरस्कार रकम १ करोड डलर मात्रै राखिएको छ । जसअनुसार दोस्रो हुने टोलीले २० लाख डलर प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा हार्ने दुई टोलीलाई ८÷८ लाख डलर दिइनेछ । ३० मे देखि शुरु हुने प्रतियोगितामा हरेक खेलका विजेतालाई ४० हजार डलर दिने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्