पूर्वनरेशलाई डीएनए परीक्षण गर्न आदेश



ब्रसेल्स,(एजेन्सी)
बेल्जियमको पुनरावेदन अदालतले यदि डिएनए परिक्षणका लागि अस्विकार गरेको खण्डमा त्यहााका पुर्व नरेश अलवर्ट द्वितिय लाई पाँच हजार युरो जरिवाना गरिने जनाएको छ । गत फेब्रुअरीमा साठीको दशकमा एकजना प्रेमिकालाई गर्भवती बनाए सन्तान जनमाउनु पर्ने अवस्थामा पु¥याएको मुद्धालाई लक्षित गर्दै सो परिक्षणका लागि गरिएको अनुरोध उनले अस्विकार गरेका थिए ।

राजधानी ब्रसेल्स स्थित अदालतले ८४ वर्षिय पुर्व सम्राटलाई डिएनए परिक्षणका लागि तीन महिना भित्र ¥याल पेश गर्न आग्रह गर्दै नत्र भने ५० वर्षिय डल्फाइन बोयल नामक महिलाको पिता भएके स्विकार्नु पर्ने जनाएको छ ।

तर उनले भने आफुले पितृतव स्विकार नगर्ने बताएका छन् । सन् १९९९ मा प्रकासित उनकी पत्नीको अनाधिकृत जिवनीमा पुर्व राजाको पहिलो अवैध सन्तान रहेको हल्ला चलेको थियो । यस शाही यौन काण्डलाई लिएर बेल्जियमको संचार माध्यममा तहल्कै मचिएको थियो ।

बोयलले पहिलो पटक सन् २००५ नरेश अल्वर्ट आफ्नो आनुवंशिक पिता भक्एो एक अन्तर्वार्ता मार्फत सार्वजनिक गरेकी थिइन् । साथै उनकी आमा ब्यारोनेस सिविल्ले डि सेलिस लंगच्याम्पसले अल्वर्ट प्रिन्स अफ लिएजे छँदा नै अर्थात सन् १९६६ देखि १९८४ बिच आफुहरुबिच प्रेम समबन्ध रहेको दावी गरेकी थिइन् ।

सन् १९९३ मा अचानक आफ्नो दाजुको निधन भएपछि ६२ वर्षको उमेरमा अल्वर्ट अप्रत्यासित रुपमा नरेश बनेका थिए । सन् २०१३ को जुलाई सम्म नरेश रहेका उनले स्वास्थको कारण देखाई स्वेच्छाले गद्धि त्याग गरेपछि उनका पुत्र फिलिप्पे गद्धिमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्