लालीगुराँस र बीएनए फाइनलमा



काठमाडौं, (नेस)
लालीगुराँस नेसनल एकेडेमी र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को ‘ए’ टिम चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

लालीगुराँसले गोल्डेनपिकलाई ३४–२५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा रोशन घलेले १५ अंक योगदान गरे । सन्देश खड्काको १५ अंक सहयोगमा बीएनए ‘ए’ ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–२० ले हरायो । सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा गोल्डेनपिक र ग्रिनल्यान्ड यसअघि नै फाइनल पुगिसकेका छन् । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्