फरक यहीँ छ



देशले आर्थिक छलाङ मार्ने कुरो त्यस्तै हो, ठूलाबडाको माला, खादा र पुष्प मोह अचाक्ली बढ्या छ । त्यसैले तपाई कहि कतै सार्वजनिक कार्यक्रमको तयारीमा जुट्नु भा’छ भने अच्छा माला, उस्तै खादा र गतिलो पुष्पगुच्छा जुटाउनुस् । निकै रोजाईका ठूलाबडा कार्यक्रमका अतिथि बन्ने कन्र्फम ।

अतिथि मात्रै होइन विशिष्ठ र प्रमुख अतिथि बन्ने वातावरण सहजै बन्छ । अनि ठूलाबडा कार्यक्रममा आउने भएसी कार्यक्रम सफल नहुने कुरै भएन । तपाईको प्रोफाइल पनि रातरात ह्वात्तै बढ्छ । यस्तै प्रोफाइलले दिलाउँछ पदक र तक्मा । त्यसैले त शितल निवास, बालुवाटार, सिंहदरवार, बुडानिलकण्ठ, खुमलटार जस्ता दरवार र घरवारमा माला, खादा, पुष्पगुच्छाको खपत निकै बढ्या छ ।

नेताज्यूहरुको जिल्ला होस या विदेश सवारी, या होस एयरपोर्टमा फिर्ती सवारी यस्तै सामग्रीले छणभरमा सानो तिनो पहाडै बन्छ भन्या । तीनको स्वागत सत्कारमा जुट्नेहरु देख्दा लाग्छ महामहिमज्यूहरुले आफ्नो भ्रमणसँगै समृद्धि भित्र्¥याएका छन् । यसरी स्वागत सत्कारमा खपथ हुने माला, खादा र पुष्पगुच्छाले मुलुकमा समृद्धि भित्रिँदो हो भने नेपाल यूरोप र यूरोप चाहिँ नेपाल जस्तो हुन्थ्यो क्यार ।

महामहिमहरुको माला र पुष्पगुच्छा मोहले मुलुकमा धेर थोर भएपनि मुलुकमा पुष्प व्यवसाय फस्टाएको छ क्यार । तर फरक यति छ, पुष्प व्यवसाय गर्नेहरु महामहिम निवास धाउँदैनन्, महामहिम निकट हुनेहरु पुष्प व्यवसाय गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्