संवृद्धिका लागि वन, वन्यजन्तु संरक्षणमा जोड दिनुपर्ने



सरस्वति न्यौपाने, रसुवा ।
संवृद्धिका लागी वन, वन्यजन्तु् संरक्षणमा जोड दिइनुपर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज लागी परिरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा प्रमुख संरक्षण अधिकृत सुष्मा राना आइसकेपछि संरक्षणको पाटोमा सुधार र प्रचार प्रसार भइरहेको छ ।

काठमाण्डौ बाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज समेत रहेको यसको स्थापना २०३२ साल चैत्र ९ गते भएको हो रसुवा (५७%), नुवाकोट (७%), सिन्धुवाल्चोक (३६%) गरी ३ जिल्लाका ३४ गा.वि.स. हरुमा एक हजार सातसय वर्ग कि.मि. मा फैलिएको छ ।

वि.स. २०५५ वैशाख १४ गते मध्यवर्ति क्षेत्र घोषणा भई जुन क्षेत्र निकुञ्ज को कोर एरिया तथा बाहिरी क्षेत्र गरि ४१८.३ वर्ग कि.मि. मा फैपलीएको छ ।प्रमुख संरक्षण अधिकृत सुस्मा राना का अनुसार निकुञ्ज क्षेत्रमा हुने वन पैदावार को चापलाई न्युनिकरण गर्दै वन वन्यजन्तु संरक्षण गर्दै दुर्लभ जन्तु रेडपाण्डा को संरक्षण गर्नु हामि सबै लागी परि सुन्यमा झार्नु पर्ने भएको छ ।

समुन्द्रिसतहबाट ४३६० मिटरको उचाइ मा अवस्थित गोसाईकुण्ड तथा यसका ऋंखला हरु समेटेर २००७ सेप्टेम्बर २३ मा रामसारमा सुचिकृत भएको छ । विभिन्न चुनौति हरु रहेतापनि संरक्षणको पाटोमा धार्मिक , सांस्कृतिक र सामाजिक पाटोमा क्रियाशिल रहेको छ।

लाङटाङ उपत्यका गोसाइकुण्ड, दोजे्र्र लाक्पा पास मेलम्चि घ्याङ, हेलम्बु पाँच पोखरी , तार्के घ्याङ , घ्योल्मो आमा याङग्री शेर्मा थाङ घ्याङफेदि, क्यान्जिङ उपत्यका यस निकुञ्जका प्रमुख स्थलहरु रहेका छन् ।

यस निकुञ्जको सुरक्षार्थ तैनाथ भएका २०४७ साल देखि २०७५ सम्म देखि सम्म आइपुग्दा ११ वटा गणले डिउटी निभाएका छन् । काम गर्ने संस्था मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति , लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज लगायतका थुप्रै ले आफ्नो क्षेत्र बाट संरक्षणको पाटोमा लागीपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्