समाचार प्रभावः कुष्ठरोगीलाई राहत संकलन शुरु



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ३ डार्नेकी कुष्ठरोगी तुलसा के.सीलाई राहत संकलन सुरु भएको छ । गत चैत्र २१ गते नेपाल समाचार पत्र र टेलिभिजनमा पचास बर्षसम्म गोठकै बास समाचार प्रकाशन तथा प्रसारण भएपछि राहत आउन थालेको हो ।

बाँफिकोट ३ घर भई अमेरिकामा बस्दै आउनुभएका राकेश देवकोटाले पठाउनुभएको १० हजार रकम राकेशका बुवा अर्जुन र बाँफिकोट गाँउपालिका वडा नं ३ का वडाअध्यक्ष चन्द्रबहादुर के.सीले प्रदान गर्नुभएको छ । संवाददाता धनवीर दाहाल मार्फत आएको सो रकम बिहिबार पिडित के.सीलाई प्रदान गरिएको हो ।

स्थानीय तहले पनि तुलसा जस्ता असक्तका लागी बिशेष कार्यक्रम ल्याउने वडा अध्यक्ष चन्द्रबहादुर के.सीले जानकारी दिनुभयो । बिशेष गरी ग्रामिण स्तरमा लुकेर रहेका यस्ता सामाचार प्रकाशन तथा प्रशारण गरी राज्यको ध्यानआर्कषण गराएकोमा संवाददाता धनवीर दाहाललाई वडा अध्यक्ष के.सीले धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्