नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँको निर्वाचन सम्पन्न



सरोज राजोपाध्याय, काठमाडौँ ।
नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ जिल्ला शाखाको बिहीबार निर्वाचन सम्पन्न भएको छ । जिल्ला शाखाका सभापति अजयसिंह सुवालको सभापतित्वमा सम्पन्न उक्त निर्वाचनमा १३ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।

उक्त निर्वाचनमा हरि गोपाल प्रधान, ईशु श्रेष्ठ, वीरेन्द्रलाल श्रेष्ठ, रमेश महर्जन, माणिकरत्न शाक्य, किरण कुमार महर्जन, डा. विमला शाक्य, श्रीकृष्ण महर्जन, राजेश श्रेष्ठ, फुपु तेन्जीङ शेर्पा, जुना श्रेष्ठ, दिव्य लक्ष्मी बज्राचार्य र निर्णय श्रेष्ठ गरि १३ जना सदस्यहरु चयन हुनुभएको हो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवंम् निर्वाचन अधिकृत कृष्णबहादुर बस्नेतले नव निर्वाचित सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गर्नुभएको थियो । संस्थाको विधान अनुसार दुई जना सदस्य मनोनयन सभापतिले गर्ने व्यवस्था छ । सभापति सुवाल तीन पटक सम्म सभापति भईसक्नुभएको छ ।

उक्त कार्यक्रममा निर्वाचन अधिकृतको टोलीलाई मायाको चिनोसहित खादा ओढाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्