ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु



गणेश विष्ट भोजपुर ।
ट्याक्टरको ट्रलीमा च्यापिएर भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरका चालकको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–७ स्थित एसटीएल इँटा भट्टा परिषरमा ट्रयाक्टरको डालामा च्यापिएर चालक हसनपुरका २५ वर्षीय भरत राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

बालुवा लिएर गएको ट्रयाक्टर उकालो जाने क्रममा ब्याक हुँदा अगाडिको ईन्जिनको भाग उचालिएर दुर्घटना भएको हो ।

वुधवार को २ त ५१४ नम्बरको ट्रयाक्टरमा च्यापिएर राई घाइते हुनु भएको थियो । गम्भीर घाइते राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्