आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान समातिए



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौँको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । भुजेल युवतीका श्रीमान भएको खुलासा भएको छ ।

काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि उनलाई काठमाडौँको काँडाघारी सनसिटीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

प्रहरीका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौँ प्रहरी तत्कालै परिचालित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्