‘ख’ वर्गका नाममा चर्को शुल्क असुल्दै विद्यालय



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा संस्थागत विद्यालयहरुले ब्रह्मलुट मच्चाएको छ । व्यक्तिगत पुजीबाट सञ्चालित कञ्चनपुरका प्रमुख सहर महेन्द्रनगर लगायत अन्य क्षेत्रहरुमा समेत रहेका दुई दर्जन संस्थागत विद्यालयहरु अनुमति बिना नै माथिल्लो कक्षा सञ्चालनमा रहेका छन् ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा क्षेत्रको अनुगमन तथा नियमन गर्ने स्थानीय निकायबाट विद्यालय सञ्चालनका लागि लिएको अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गरेको पाइएको छ ।

कञ्चनपुरमा सबै भन्दा बढि संस्थागत विद्यालय भएको स्थानीय नीकाय भनेको भीमदत्त नगरपालिका हो । अहिले भीमदत्त नगरपालिकामा ७० ओटा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् । नगरपालिकामा सञ्चालित ७० विद्यालय मध्ये २० प्रतिशत विद्यालयहरु अवैधानिक तवरले सञ्चालनमा रहेका छन् ।

व्यक्तिगत पुजीबाट सञ्चालित कञ्चनपुरका प्रमुख सहर महेन्द्रनगर लगायत अन्य क्षेत्रहरुमा समेत रहेका दुई दर्जन संस्थागत विद्यालयहरु अनुमति बिना नै माथिल्लो कक्षा सञ्चालनमा रहेका छन् ।

नगरपालिकाले र तत्कालिन शिक्षा कार्यालय कञ्चनपुरले अनुमति दिए भन्दा एक कक्षा देखि थप तीन कक्षा सम्म अवैधानिक तवरले सञ्चालन गरेको तथ्य प्राप्त भएको छ ।

कुनै–कुनै विद्यालयले आफुले पढाईरहेको कक्षाकोे अनुमति अभिलेखका रुपमा जिल्ला शिक्षा समन्वय इकाई, कञ्चनपुर र नगरपालिका नभेटिए पनि आफु संग चाहि सुरक्षित रहेको भनेर दाबि गरेका छन् । तर उक्त विद्यलयलाई नगरपालिकाले अनुमति बेगर पढाई रहेका कक्षा बन्द गर्ने पत्राचार समेत गरेको छ ।

त्यति गर्दा गर्दै पनि विद्यालयले आफुलाई नटेरिरहेको भीमदत्त नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले बताए ।

कक्षा तीन देखि आठ सम्मको अन्तरमा धेरै विद्यालयहरुले अनुमति बिना नै सञ्चालनमा रहेको तथ्यांक खुलेको हो ।

विद्यार्थीहरु बाट महंगो शुल्क उठाउने तर विद्यालयको गुणस्तरमा भने फिटिक्के मतलब नराख्ने संस्थागत विद्यालयहरुको कञ्चनपुरमा बिगबिगी रहेको छ ।

बजार क्षेत्रका संस्थागत विद्यालयहरुले शुल्क चर्को उठाउन थालेपनि गाँउघर तिर रहेका निजी तथा संस्थागत विद्यालयहरुले समेत अत्याधिक शुल्क बढाउन थालेका हुन् ।

विद्यालयमा विद्यार्थीहरुको क्षमता, सिप र अभिरुचिका कुराहरुमा ध्यान समेत नदिने गरेको पाइएको छ । विद्यार्थीहरु बाट शुल्क चर्को लिएर विद्यालयका मालिक मात्रै दिन प्रतिदिन धनाढ्य भइरहेको जनगुनासो छ । तीनै संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुलाई भने न्यून तलबमा पढाउन बाध्य पारिएको कुरा प्रायः धेरै जसो संस्थागत विद्यालयका शिक्षकहरुले बताए ।

बिहान देखि बेलुका सम्म काम गराएर पाउने तलब भने पाँच देखि १० हजारको बिचमा रहेको गुनासो उनिहरुको छ ।
महेन्द्रनगर आसपासका क्षेत्रमा सञ्चालित केहि विद्यालयले आफु “ख” वर्गको विद्यालय भन्दै बढि शुल्क लिने गरेको पाइएको छ । यानकी महेन्द्रनगरमा सञ्चालित सबै विद्यालयहरु “ख” वर्गमा पर्दैनन् ।

“ख” वर्गको विद्यालय हुँनलाई स्वीमीङ्ग पुल, कम्तीमा एक जना विदेशी शिक्षक, आफ्नै पक्कि भवन, एसी लगायतका अन्य अन्य भौतीक संरचना र व्यवस्थापन हुनु आवश्यक हुन्छ ।

अरु विद्यालय भन्दा आफु आथिल्लो वर्गको विद्यालय भन्दै अभिवावकको ढाड सेक्ने गरि शुल्क लगाउने विद्यालय समेत महेन्द्रनगरमा रहेको कैलास जोशीले बताए ।

विद्यार्थी भर्ना शुल्क समेत प्रत्येक वर्ष लगाउने गरेको पाइएको छ । कुनै पनि सामुदायीक वा संस्थागत विद्यालयले विद्यार्थीबाट एक चोटी मात्र भर्ना शिुल्क लिने कुरा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा ४ को उपदफा ७ मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्