एउटै सभ्यता मात्र सर्वश्रेष्ठ विश्वास गर्नु मूर्खतापूर्ण होः सी जिनपिङ



बेइजिङ (एजेन्सी)
अमेरिकासँग ब्यापार युद्ध चलिरहेको बेला चीनका राष्ट्रपति सी जिनपिंगले आफना समकक्ष डोनाल्ड ट्रम्पलाई अप्रत्यक्ष रुपमा प्रहार गर्दै अहिलेका दौडमा कुनै पनि देशले आफुलाई विश्वबाट अलग गर्न नसक्ने बताए ।

अहिलेको समयमा कुनै एक सभ्यताको मात्र सर्वश्रेष्ठता विश्वास गर्नु मुर्खतापुर्ण हुनेछ र कुनै पनि देश एब्लो रहन सक्दैन, न त आफनो ढोका सम्पुर्ण विश्वका लागि बन्द नै गर्न सक्छ , सीले बताए ।

चीनका राष्ट्रपतिको यो बयान अमेरिकी राष्ट्रपति ट्रम्प द्वारा चिनियाँ उत्पादनमाथि अतिरिक्त शुल्क बढाएपछि आएको हो । सी जिनपिंगले ‘डायलग अफ एसियन सिभिलाइजेसन‘ विषयमा आयोजित सम्मेलनको प्रारम्भिक सत्रमा उक्त टिप्पणी गरेको हो । गत हप्ता ट्रम्पले चिनियाँ सामानको आयाताम भन्सार शुल्क बढाएको थियो । यसबीच चीनले पनि अमेरिकी उत्पादनमा आयात शुल्क बढाउने फैसला लिएको हो ।

सीले भने, यदि देश आफुलाई अलग थलग गर्छ र विश्वका लागि आफनो ढोका बन्द गर्छ भने सभ्यता आफनो जीवन्तता गुमाउनेछ ।

कुनै पनि सभ्यता अर्को सभ्यता भन्दा सर्वश्रेष्ठ नहुने बताउँदै कुनै एक नस्ल अर्को नस्ल भन्दा श्रेष्ठ छ भनी विश्वास गर्नु मुर्खतापुर्ण हुने उनले बताए । सीले एसियाली देशबाट विश्वब्यापीकरणलाई बचाउन अपिल गरेका छन् । ग्लोबलाइजेसन ट्रम्पको अमेरिका फस्र्ट नितिका कारण खतरामा परेको उनले बताए ।

उक्त कार्यक्रममा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, आर्मेनियाका प्रधानमन्त्री निकोल पाशनियान, युनानका राष्ट्रपत िप्रोकोपिस पावलोपोलस र भारतका दुतावास प्रमुख एक्विनो विमल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्