बालिका बलात्कारीलाई मृत्युदण्ड माग



श्रीनगर,(एजेनसी)
भारत अधिनस्थ काश्मिरमा एक नाबालिका माथि भएके वलात्कारको विरुद्ध लगातार तेश्रो दिन पनि विशाल विारेध प्रदर्शनको आयोजना भएके छ । तीन वर्षिया बालिका माथि वलात्कार गर्ने पुरुषलाई तिनीहरुले मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् ।

ति पडित बालिकाका पिता साइर अली दारले विविसि हिन्दीलाई भनेका छन् , ‘ वलात्कारी फरार हुन खोजेका थिए तर हामी उनलाई पक्रन सफल भयौं । ति व्यक्ति हाम्रै छिमेकी हुन् । प्हरीले उनलाई हिरातमा लिइसकेको छ । हामी न्याय र अपराधिलाई कडा भन्दा कडा संजाय होस् भन्ने चाहन्छौं । ’ पहिलो दिन सोमवार विरोध प्रर्दशनमा उत्रेका हजारौं व्यक्ति निक ैआक्रोसित हुन थालेपछि प्रीले अश्रुग्यास प्रहार गर्दा दर्जनैं घाइते भएक थिए ।

अघिल्लो दिन पनि ठूलो विरोध प्रदर्शन भएके थियो । बानिदपोर क्षेत्रमा विरोध प्रदर्शन जारी रहेपछि बिद्यालय तथा कलेजहरु बन्द हुन पुगेका छन् । त्यसैगरी यहि घटनाको कारण काश्मिर उपत्याका पनि ठप्प हुन पुगेको छ । प्रहरीले ति व्यक्तिले गत साता बच्चीलाई फकाएर एउटा विद्यालय नजक लगेर वलात्कार गरेको स्थानिय संचार माध्यमलाई जानकारी गराएका छन् ।

पिडित बच्चीकी आमाले भनेकीछिन् , ‘ चिच्याइरहेकी सुनेर बिद्यालयमा पुग्दा उनलाई हामीले बाथरुममा रक्ताम्य अवस्तथामा फेला पारेका थियौं । ’ तुलनात्मक रुपमा काशिमरी क्षेत्रमा विरलै मात्रामा वलात्कार घटना हुने गरेको प्रहरी तथ्यांकमा उल्लेखित छ ।

सरकारले सार्वजनिक गरेको अपराध समबन्ध ीपछिल्लो तथ्यांकमा सन् २०१६ मा छ वर्ष उमेर मुनिका दुईजना बालिका वलात्कारको शिकार भएक थिए । यस राज्यमा त्यो वर्ष वलात्कार सम्बन्धमा प्रहरी समक्ष कूल २१ वटा उजुरी परेको थियो ।

गत वर्ष काथुवा जिल्लामा एक आठ वर्षिया मुश्लिम बालिकाको वलात्कार पछि हत्या गरिएको काण्ड विरुद्ध काश्मिर नै थर्किने गरी प्रर्दशन भएके थियो ।

प्रतिक्रिया दिनुहोस्