टेस्ट ड्राइभको निहुँमा फर्रारी चढेर फरार



वर्लिन,(एजेन्सी)
जर्मनीमा एकजना धूर्त कार संग्रहकर्ता टेस्ट ड्राइभको क्रममा २२ लाख अमेरिकी डलर मूल्य पर्ने फर्रारी कार लिएर फरार भएको बुधवार प्रहरीले जनाएको छ । जर्मनी शहर डस्सलडर्फका प्रहरीले ति नाम नखुलाइएका आशंकित व्यक्तिले १९८५ फर्रारी २८८ जिटिओ किन्न चाहेको इच्छा व्यक्त गरेका थिए ।

उनी ट्याक्सी चढेर कार डिलर कहाँ पुगेका थिए । दुई घन्टापछि उनले टेस्ट ड्राइभ गर्न फर्रारी बिक्रेतालाई ड्राइभिंग सिटबाट ओरालेका थिए । कार मालिक कारबाट ओर्लनासाथ एकिसलेटर थिचेर उनी वेपत्ता भएका थिए । खोजि गर्दै जाँदा पछि एउटा ग्यारेजमा सो कार फेला परेको थियो ।

प्रहरीले उक्त ऐतिहासिक कार ४३ हजार किमि गुडिसकेको जनाएको छ । उक्त कारबारे डिलरको वेवसाइटमा राखिएको सुचना अनुसार कुनै समय यो फर्रारी पुर्व नर्दन आयरल्यानडको फर्मुला १ ड्राइभर एडि इर्भिनको हो । उनले सन् १९९६ देखि १९९९ सम्म रेसमा यो कार कुदाएका थिए ।

यस्तै खालका सवारी साधनहरु संयुक्त राज्य अमेरिकामा १५ लाख देखि २० लाख वा ३० लाख डलर भन्दा बढि मूल्य सम्ममा बिक्रि हुने गरेको बताइएको छ । तिनीहरु प्रायशः सोथेवी जस्ता नाम चलेका लिलाम गृहहरु मार्फत किनबेच हुने गर्दछन् ।

प्रहरीले प्रत्यक्षदर्र्शीहरुको बयानको आधारमा छानविन गदै जाँदा मंगलवार साँझ चम्किलो रातो रंगको इटालियन ‘ रोस्सा कोर्सा ’ कार फेला पारेको थियो । डस्सलडोर्फको मध्य भाग देखि छोटै दुरीमा रहेको ग्रेभेनब्रोइच शहरको एउटा गरोजमा लुकाइएको अवस्थामा यो फेला परेकबो थियो ।

तर ति कार चोर्ने व्यक्ति भने अझै फरार रहेका छन् । यो फर्रारी चोरी हुनु अघि प्रहरीले एउटा फर्रारी निरिक्षण गरिरहेका एक अज्ञात व्यक्तिको तस्वीर सार्वजनिक गरेको थियो । कार डिलरका प्रवन्ध निर्देशक बर्नहार्ड केर्कलोले धेरै दिन देखि ति व्यक्तिले पाmेन गर्ने गरेका र इमेल मार्फत सनदेशहरु आदान प्रदान गर्दै आएको वेस्टदेउत्स्छे अलजेमेइन जेइतुँग अखवारलाई बताएका छन् ।
उनले अलि भद्धा देखिएकाले सो कार अझै सम्म बिक्रि हुन नसकेको पनि बताएका छन् । विश्वमा अहिले सम्म केवल २ सय ७२ वटा फर्रारी २८८ जिटिओ बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्