पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद



काठमाडौं । तिलगंगा–ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।

बुधवार काठमाडौ ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचितप्रतिनिधिसभाका सांसद कृष्ण राईसहितको स्थानीयवासीहरुले तत्काल सडक बन्द गर्ने काम स्थगित गरेर यातायात सुचारु गर्न दबाब दिएका छन् । जानकारी नै नदिई कोषले सर्वसाधारण हिड्ने सडक बन्द गर्नु गलत भएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको संरक्षण र सम्र्बद्धन उद्देश्यले सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको छ । सर्वोच्च अदालतको फैसला र युनेस्कोले पशुपती क्षेत्रलाई दुई भागमा विभाजित गरे विश्व सम्पदा सूचिबाटै हटाउने चेतावनी दिएपछि कोषले बाँध्यभएर पटक–पटकको अवरोध पन्छाउदै पर्खाल लगाउने काम अगाडि बढाएको थियो । तर स्थानीयले पुनःपर्खाल लगाउने काममा अवरोध सृजना गरेका छन् ।

-कोष र स्थानीयबीच भनाभन
-वैकल्पिक सडक खोलेर मात्रबन्दगर्नुपर्छः सांसद राई
-बन्दगर्ने निर्णय भएको बाटो सञ्चालनहुनदिदैनौः कोष
-सडकखुलाउनमाधव नेपालदेखि ईश्वर पोखरेलसम्मको चासो

केही साता अघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सांसद कृष्ण राई, कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापालगायतको टोलीले हवाई विभाग र कोषको सीमानाबाट वैकल्पिक सडक सञ्चालन गर्ने विषयमा गृहकार्य अगाडि बढाएको थियो ।

विकल्पमा अर्को सडक सञ्चालन ल्याएर मात्रहाल सञ्चालन भइरहेको सडक बन्द गर्नुपर्ने माग जनप्रतिनिधिहरुले अगाडि सारेका छन् । पशुपतिको बन्द सडक सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बस्ने आगामी बैठकले तय गर्ने भएको छ ।

काठमाडौं ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सांसद कृष्ण राईले पशुपतीलाई विश्व सम्पदा सूचिमा कायमै राख्नुपर्ने पक्षमा आफूहरु रहेको बताउदै जनताले विकल्प नखोल्दासम्म दैनिक रुपमा आवतजावत गर्ने सडक बन्द गर्न नहुने बताउनुभयो ।

‘हामी सम्पदाको विरोधी होइनौ, जनताको हितविपरीत सडकको दुवैतर्फ पर्खाल लगाएर बन्दगर्ने निर्णय गलत छ’, उहाँले नेपाल समाचारपत्रसँगभन्नुभयो,‘दुई दिन सडक बन्दहुँदाचावहिल र काटेश्वरमा ट्राफिक जाम बढेको छ, कोषले समस्या समाधानगर्दैछ कि बढाउदैछ ?’

सडक बन्दाहुँदाकागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शखंरापुर नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्ला जाने आउने यात्रुलाई समेत असर परेको छ । हाल यस सडक हुँदै दैनिक ५ सय भन्दा बढी खानेपानीका ट्याङकरका सहति गरी हजारौ सावारी साधन सञ्चालन हुँदै आएको थियो ।

‘हवाई विभाग र कोषको सीमाना रहेको क्षेत्रबाट वैकल्पिक सडक सञ्चालनमा तयारीमा जुटिरहेको अवस्थामा कोषले एकलौटी रुपमा सडक बन्द गर्ने निर्णयले झन अपठ्यारो बनाएको बताउदै सांसद राईले कोषसँगतत्कालको लागिबन्दगर्ने काम रोक्ने सहमतिभएको बताउनुभयो ।

सडक सञ्चालन गर्न अर्थमन्त्रीलाई अवगत गराउदै संसदमा समेत आवाज उठाएको उल्लेख गर्दै उहाँले सम्पदामा कायमै राख्ने गरी सुरुङ मार्ग बनाउनसकिने बताउनुभयो ।

यसैगरी पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले प्राचिन स्मारक क्षेत्रको मापदण्ड विपरीत र विश्व सम्पदा सूचि (यनेस्कोको मापदण्ड विपरीत) तिलगंगाताम्रगगा श्लेष्मान्तकवनलाई अतिक्रमण गरी मापदण्ड विपरीत निर्माण भएको सडक बन्द गराउनको अर्को विकल्प नभएको बताउनुभयो ।

‘आगामीअसारभित्र सडकको दुवैतर्फ पर्खाल निर्माण सम्पन्नगर्ने गरी निर्माण कम्पनीसँग सम्झौताभएको छ’, उहाँले भन्नुभयो,‘सर्वोच्चअदालतकोको आदेशको परिपालनागर्ने कोषको दायित्व भएकाले अदालतको आदेश बमोजिम सडक बन्द गर्न लागेको हुँदा सबै निकाय र सबै पक्षबाट कोषले सहयोगको अपेक्षा राखेको छ ।’

प्रतिक्रिया दिनुहोस्