एपीएफ टोलीद्वारा दुई लाख ६२ हजारको कपडा बरामद



पर्सा ।
एपीएफको टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । एपीएफले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– १६ ईनरुवा ईलाकाबाट बुधबार दुई लाख ६२ हजारको लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिनुभयो ।

बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्