प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ



भक्तपुर ।
सूर्यविनायक नगरपालिका(८ जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ चिसापानी बस्ने ३३ वर्षीय केशवबहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ईटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २० च ८२०९ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा चालक तामाङले प्रहरीले नगद १ सय रुपैयाँ दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्