उद्योगमन्त्री यादवमाथि कार्यकक्षमै हातपातको प्रयास



नेपाल समाचारपत्र, काठमाडौँ ।
उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि हातपात प्रयास गरेको स्रोतले जनाएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि दुव्र्यवहार गरेका छन् ।

नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएको स्रोतकाे भनाइ छ । उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्