रुपन्देहीमा १९ वर्षीया युवतीको शव फेला



यमलााल भुसाल, बुटवल ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न. १ साँडिको भुझौली भन्ने गाउँमा बुधबार विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।
मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् ।

सोमबार राति खाना खाए पछि निशा घरविहान भएकी थिइन् । मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ भने घटना स्थलबाट एक युवकलाई प्रहरीले आशंकाकाे अाधारमा नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खबर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

रुपन्देहीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिनु भयो । उहाले घटनाको अनुसन्धान अघि बढिसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण पत्ता लाग्ने बताउनु भयो ।

पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ, चाडै नै घटनाको वास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौँ । मृतक निशाका वुवा महोम्मद हिसाहार भन्छन् “सोमबार राति खाना खाएपछि छोरी सुत्न गयो कोठामा अनि राति आमाले हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटियो अनि मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन र आज मृत अवस्थामा फेला परेको उहाले बताउनुभयो ।

छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो उनले भने । सामुहिक रुपमा हत्या गरेर फालीएको हुन सक्ने स्थानीहरुले आरोप लगाएका छन् । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्