पारिवारिक हिंसाका घटनामा अधिकांश पीडितलाई कानूनी न्याय



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखा सदरमुकाम चरिकोटका एक व्यवसायी आफ्नै छोरीलाई जर्वजस्ति करणी गरेको आरोपमा मंगलवार पुर्पक्षको लागि जेल चलान भएका छन् । उनले विगत सात बर्षदेखि आफ्नो छोरीलाई डर, प्रलोभन र धम्की दिदै जर्वजस्ति करणी गर्दै आएको प्रहरीको आरोप छ ।

दैनिक मादक पर्दाथ सेवन गरी श्रीमतीलाई मानसिक एवं शारिरीक यातना दिदै आएका ४७ बर्षिय कालुमान बसेको कुटपिटबाट २०७५ भदौ २६ गते श्रीमती तारा भन्ने कमला वसेको मृत्यु भयो । छोरी रन्जु मगर बसेलको जाहेरीबाट पक्राउ परेका कालुमान अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् ।

माथिका यी दुई वटा घट्ना दोलखामा देखिएको पारिवारीक हिंसाको प्रतिनिधि घट्ना हुन् । विशेषगरी गरीवि, अशिक्षा जस्ता कारणले दोलखामा पारिवारीक हिंसाका घट्ना बढ्दै गएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठक बताउछन् । जिल्ला प्रहरी कार्यालय दोलखामा एक बर्षको अवधिमा १३ वटा पारिवारीक हिंसाको घटना दर्ता भएको र दर्ता भएका अधिकांश घट्नामा पीडितले कानुनी न्याय पाउन सकेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । अनुसन्धानमा प्रहरीको सर्तकता तथा मेहेनत, स्थानियको सहयोग, प्रहरीको चेतना मूलक अभियान जस्ता कारणले अधिकांश घट्नाका पीडितले कानुनी न्याय पाउन सकेको प्रहरीको भनाई छ ।

आर्थिक बर्ष ०७५÷०७६ को सुरुदेखि ०७६ बैशाख महिना भरी दर्ता भएका १४ वटा पारिवारीक हिंसाका घट्नामा नौ वटा कर्तव्य ज्यान, चार वटा जर्वजस्ति करणी र एक वटा आपराधिक लाभका घट्ना रहेको र त्यसमा उक वटा घट्नाको अभियुक्तलाई जन्मकैदको फैसला भएको, नौ वटा घट्नाका अभियुक्त पुर्पक्षको लागि थुनामा गएको, एक वटा घट्नाको अभियुक्त हाजिर जमानिमा रिहा भएको र तीन वटा घट्नाका अभियुक्त धरौटिमा छुटेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

०७५ साउन १६ गते दर्ता भएको दोलखा जिरी नगरपालिका वडा नम्बर ३ को श्रीमतीले श्रीमानको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त ओमलमु शेर्पा हाजिर जमानिमा छुटेकी छन् । त्यसैगरी ०७५ भदौ २६ गते दर्ता भएको दोलखा मेलुङ गाँउपालिका वडा नम्बर १ का ४७ बर्षिय कालुमान बसेलले मादक पर्दाथ सेवन गरी श्रीमती तारा भन्ने कमला वसेलको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त कालुमान पुर्पक्षको लागि थुनामा गएका छन् । त्यसैगरी ०७५ भदौ २७ गते दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ८ का उमेश विकले भतिज १० बर्षिय कुशल विकको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त उमेश विक पुर्पक्षको लागि थुनामा गएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

०७५ मंसिर १० गते श्रीमतीको हत्या आरोपमा पक्राउ परेका दोलखा जिरी नगरपालिका वडा नम्बर ९ का तस्विर तमाङलाई जिल्ला अदालत दोलखाबाट जन्मकैदको सजाय भएकोमा उनले अदालतको फैसला लगतै कारागार भित्रै सौचालयको झ्यालमा झुण्डीएर आत्महत्या गरेका थिए ।

प्रहरीमा दर्ता भएको नौ वटा कर्तव्य ज्यान मुद्दाका घट्नामा दुई वटा घट्नाका अभियुक्त धरौटीमा छुटेको, दुई वटा घट्नाका अभियुक्तले आत्महत्या गरेको र पाँच वटा घट्नाका अभियुक्त पुर्पषको लागि थुनामा रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार पारिवारी हिंसा अन्र्तगत जर्वजस्ति करणीको चार वटा घट्नामा तीन वटा घट्नाको आरोपी पुर्पक्षको लागि थुनामा गएको र आफ्नो भाइ बुहारीलाई पटक पटक करणी गरी गर्भवती बनाउने अभियुक्त ५० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । त्यसैगरी आपराधिक लाभ घट्नामा पक्राउ परेका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ का अप्सरा खड्का सामान्य तारेख र दिपक भन्ने देबबहादुर खत्री एक लाख २० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्