बेंसीशहरमा गुरुङ सुनपानी



लमजुङ, (नेस)। गुरुङ फिल्म मारक्यु (सुनपानी) को बेंसीशहरमा पहिलो प्रदर्शन गरिएको छ।

क्लाइमेक्स् आर्टको प्रस्तुतिमा निर्माण भएको मारक्यु क्व्होलासोंथर गाउ“पालिका प्रमुख प्रेम घलेको प्रमुख आतिथ्यतामा प्रदर्शन गरिएको हो। दिदीभाइको कथा समेटेर गुरुङ भाषामा बनाइएको फिल्ममा प्रेम कथा र पारिवारिक विषयवस्तु समेटिएको नायिका खुसी गुरुङले बताइन्। उनका अनुसार गुरुङ संस्कारमा सुनपानी प्रयोगको महŒव रहेको फिल्ममा देखाइएको छ।

फिल्मका कथाकार गणेश गुरुङका अनुसार फिल्ममा दिनेश गुरुङको (डेब्यु) निर्देशन रहेको छ। फिल्मको मुख्य भूमिकामा कमल गुरुङ, खुसी गुरुङ र रोशनी गुरुङ रहेका छन् भने साथमा संग्राम गुरुङ, चिनु घलेलगायत अन्य कलाकारले अभिनय गरेका छन्। फिल्म नवराज घले, सूर्य घले, चन्द्र गुरुङ, नन्दबहादुर गुरुङ, राकेश गुरुङ, केश गुरुङ, संग्राम गुरुङ, कालु गुरुङ र दविराम गुरुङले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्