अमेरिका–चीन व्यापार युद्धः अर्को महिना सीसँग भेटवार्ता गर्नेछुः ट्रम्प



वासिङटन, बेइजिङ (एजेन्सी)
विश्वका दुई सबैभन्दा ठुला अर्थतन्त्र अमेरिका र चीनबीचको ब्यापार युद्ध सघन भइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिंगसँग भेट्ने बताएकाछन् ।

यसअघि मात्र चीनले तरकारी तथा तरल प्राकृतिक ग्यास लगायत अमेरिकी सामानहरुमा चर्काे भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । चीनको उक्त प्रतिक्रिया गत हप्ता २ खर्ब चिनियाँ आयातमा अतिरिक्त शुल्क लगाउने वासिंगटनको निर्णयको बदलामा आएको हो ।

अमेरिकी ब्यापार प्रतिनिधिहरुको कार्यालयले चीनबाट हुने थप ३ खर्ब डलरको आयातमा २५ प्रतिशतले भन्सार शुल्क बढाउने योजना रहेको जनाएको छ । सेलफोन र ल्पापटप यसमा समावेश गरिने तर औषधीलाई बाहिर राखिने कार्यालयले जनाएको छ ।

दुई भिमकाय अर्थतन्त्र बीचको यस युद्धलो सोमबार विश्व सेयर बजारमा १ दशमलव ९ प्रतिशतले गिरावत आयो । यो पाँच महिनामा एक दिन भित्रै आएको सबैभन्दा ठुलो गिरावत हो । त्यसैगरी चीनको मुद्रा युयान गत डिसेम्बर पछि सबैभन्दा तल झरेको छ ।

‘अमेरिका पहिला‘ एजेन्डा अन्तर्गत संरक्षणवादको निति अवलम्बन गरिरहेका ट्रम्पले जुनको अन्त्य तिर हुने जी २० को शिखर सम्मेलनमा सीसँग वार्ता गर्ने बताए ।

‘ हुनसक्छ, केही हुनेछ ‘ ह्वाइट हाउसमा ट्रम्पले भने । ‘जापान हुने जी २०को बेला हामी बैठक गर्न गइरहेका छौं , सम्भवत यो अत्यन्त उपलब्धिमुलक हुनेछ ‘ उनले बताए ।

यस ब्यापार युद्धले अमेरिकी किसान सबैभन्दा मारमा परेकाछन् । चीनमा हुने भटमासको विक्री धरासायस् भइसकेको छ । अमेरिकी भटमासको विक्री दशककै सबैभन्दा तल झरेको छ । सोमबार ट्रम्पले उसको प्रशासनले जसको उत्पादन निसानामा परेको छ ती किसानहरुलाई करिब १५ अर्ब डलर उपलब्ध गराउने योजना बनाइरहेको जानकारी दिए ।

अतिरिक्त शुल्कले ग्राहकलाई मार
यो युद्ध अमेरिकाका लागि राम्रा भएको र यसबाट अमेरिकी राजस्वमा लाखौं डलर आइरहेको ट्रम्पको दावीमाथि केही अर्थशास्त्रीहरुले प्रश्न उठाइरहेका छन् । यो युद्धमा सबैभन्दा धेरै नोक्सान कसलाई भइरहेको छ भन्ने यकिन हुन बाँकी नैछ ।


ट्रम्पका आर्थिक सल्लाहकार ल्यारी कुडलोवले आइतबार चिनियाँ सामानमाथि लगाइएको कर अमेरिकी फर्महरुले नै तिरिरहेको स्विकार गरेका थिए ।
वकिल क्रिस्टफ बन्डीका अनुसार यो शुल्क अमेरिकी आयातकर्ताले तिर्ने हो । कुनै चिनियाँ कम्पनीले होइन । आयातकर्ताले अमेरिकी सरकारको करका रुपमा आयात शुल्क दिनेछ ।

क्यानाडा–युरोपेली संघको ब्यापार सम्झौताको वार्ताका क्रममा क्यानाडाली सरकारका वरिष्ठ वकिलले रहेका बन्डीले यो अतिरिक्त शुल्क अन्तमा अमेरिकी ग्राहकले बढ्दो मुल्यका रुपमा चुकाउनु पर्ने बताएका थिए ।

चीनमाथि पर्ने असर
चीन अमेरिकाको सबैभन्दा ठुलो ब्यापार साझेदार हो । गत बर्ष चीनले अमेरिकामा ७ प्रतिशत भन्दा धेरै निर्यात गर्यो । यद्यपी सन् २०१९ ती महिनामा यो आयात ९ प्रतिशतले घटेको छ, जसको कारण दुई देशबीचको ब्यापार युद्ध मानिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका ब्यापार विशेषज्ञ मेरिडिथ कोलीले भने– यसका बावजुद अमेरिकालाई आफनो सामान विक्री जारी राख्न चिनियाँ कम्पनीहरुले आफनो सामानको मुल्य कटौती गरेको कुनै प्रमाण देखिएको छैन ।

जुन सामान अन्य ठाउँबाट सजिलै लिन सक्छ , त्यसमा अमेरिकी कम्पनीहरुले चिनियाँ निर्यातकहरुसँग लिन बन्द गरिसकेका छन् । ती निर्यातकहरु बजारबाट हराइसकेका छन् । यीनीहरुको मार्जिन अत्यन्त कम हुन्छ र आयात शुल्कले उनीहरुलाई प्रष्ट रुपमा घाटा पुर्याइरहेको छ । जुन बस्तु अन्य स्थानबाट प्राप्त हुन सक्छ , ती बस्तुको मुल्यमा पनि कमी गरेको छ जसतो मलाई लागेको छैन । किनभने अमेरिकी आयातकर्ताहरु उनीहरुमा अत्यन्तै निर्भर छन् ।

अमेरिकालाई पार्ने असर
गत मार्चमा प्रकासित दुई अध्ययनमा गत बर्ष चीन र अन्य देशमाथि लगाइएको अमेरिकी आयात शुल्कको सबै मुल्य अमेरिकी ब्यापारी र ग्राहकले नै चुकाएको उल्लेख गरेको छ ।

न्युयोर्कको फेडरल रिजर्भ बैंक, प्रिन्सटन युनिभर्सिटी र कोलम्बिया युनिभर्सिटीका अर्थशास्त्रिहरुका अनुसार स्टिल देखि वासिंग मेसिनसम्मको आयातमा लगाइएको भन्सार शुल्कको भार अमेरिकी कम्पनी तथा ग्राहकहरुमा परेको छ ।, यसका लागि अमेरिकी कम्पनीहरुले प्रतिमहिना ३ अर्ब डलर अतिरिक्त कर चुकाउनु परेको छ ।

माग घट्नुले १ अर्ब ४ करोड डलरको थप नोक्सान पनि झेल्नु परेको थाहा भएको छ । त्यसैगरी विश्व बैंकका प्रमुख अर्थ शास्त्रले आफना सहयोगीसँग मिलेर लेखेको प्रतिवेदनमा पनि आयात शुल्कको धेरै हिस्सा ग्राहक र अमेरिकी कम्पनीले ब्यहोरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्