श्रीलंकामा दोस्रो दिन पनि कर्फ्यु



कोलम्वो,(एजेनसी)
श्रीलंकाले लगातार दोश्रो रात मंगलवार पनि राष्ट्रव्यापि कफ्र्यु जारी गरेको छ । केहि दिन अघि इस्टर सन्डेको दिन चर्च तथा होटेलहरुमाथि लक्षित श्रंखलावद्ध बम आक्रमण भएको कारण देशभरि नै मुश्लिम समुदाय विरुद्ध भावनाको लहर फैलिएपछि कफ्र्यु लगाइनु परेको सरकारी सुत्रले जनाएको छ ।

दँगावाजहरुले सोमवार मुश्लिमहरुका पसलहरुमा आगलागि गर्दै मस्जिदहरु तोडफोड गर्नुका साथै एकजना मुश्लिम पुरुषको छुरा प्रहार गरी हत्या गरेका थिए । प्रहरीले यस सिलसिलामा अति दक्षिणपन्थि बौद्ध समुहका एकजना नेता लगायत करिव साठी जनालाई गिरफतार गरेको छ ।

संयुक्त राष्ट्र संघले घृणा त्यागेर शानित र धैर्यता कायम गर्न श्रीलंकाली जनतालाई आब्हान गरेको छ । स्थानिय समय अनुसार मंगलवार बेलुकी ९ बजेदेखि राष्ट्रव्यापि कफ्युर्् जारी गर्ने घोषणा भएको छ । त्यसैगरी प्रहरीले सबैभन्दा बढि हिँसाग्रस्त श्रीलंकाको उत्तर पश्चिमी प्रान्तमा सबैभन्दा लामो समय सम्म कफ्र्यु जारी रहने प्रहरीले जनाएको छ ।

राजधानी कोलोम्वो देखि उत्तरी भागमा पर्ने सो क्षेत्र भएकै हिंसालाई नियन्त्रण गर्ने क्रमा प्रहरीले आक्रोसित भिडलाई तितरवितर पार्न हवाई फायर गरेको थियो । २सय ५३ जना मानिसको ज्यान जाने गरी भएको इस्टर सन्डे आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले लिएको थियो ।

सरकारी टेलिािजन मार्फत सम्वोधन गर्दै श्रीलंकाको प्रहरी प्रमुख आयुक्त चन्दन विक्रमरत्नेले दंगवाजहरुलाई नियन्त्रणमा लिन अधिकारीहरुले अत्यधिक बल प्योग गर्न सक्ने चेतावनी दिएका छन् ।

यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमसिंघेले जनतालाई शान्त रहन अनुरोध गर्दै वर्तमान अस्थिर परिस्थितीको कारण गत महिनाको आक्रमण घटनामाथिको अनुसन्धानमा कठिनाई उत्पन्न भएके बताएका छन् । दंगाग्रस्त शहर कुलियापितियाको स्थलगत अवलोकनको क्रममा उनले आफुले निर्दोष जनताको जीवनमा अस्थिरता आउन नदिने बताएका छन् ।

बौद्ध र सिंहाली समुदायको बाहुल्य रहेको श्रीलंकाको कूल २ करोड २० लाख जनता मध्ये झण्डै १० प्रतिशत मुश्लिम रहेका छन् । गत वर्षको मार्चमा श्रीलंकाको मध्य भागमा मुश्लिम समुदाय माथि आक्रोसित समुहले आक्रमण गर्न थालेपछि सरकारले संकटकाल घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्