गोल्डेनपिक र ग्रिनल्यान्ड फाइनलमा



काठमाडौं, (नेस)
गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

गोल्डेनपिकले टीआईएलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले मनासलुलाई २५–१७, आयोजक बीएनए ‘ए’ ले नेपाल ज्ञानभूमिलाई ३५–२०, स्काइलार्कले एन्जल्स हर्टलाई ३३–३०, लालीगुराँसले नाम्सलाई १३–७ र गोल्डेनपिकले नेपाल मोडेललाई २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका सुनील मल्लले १२, बीएनए ‘ए’ का सन्देश खड्काले १६, स्काइलार्कका निशान नेपालले २६, लालीगुराँसका धीरज तामाङले ६ र गोल्डेनपिकका दिनेश रापालले १२ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्