पारामाउन्टलाई उपाधि



काठमाडौं, (नेस)
पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

जुनियर फुटबल एकेडेमी (जेएफए) को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित ग¥यो । पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।

प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए भने काभ्याका अंश वस्ती उत्कृष्ट गोलरक्षक बने । फाइनलका ह्याट्रिककर्ता अनिल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले ६ गोल गरे ।

विजेतालाई जेएफएका प्रमुख प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्री, युरोका अध्यक्ष प्रमोद पाण्डे, युरोका निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बानियाँटारस्थित आयोजककै मैदानमा भएको एकदिने प्रतियोगितामा ८ छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्