भ्यालीपब्लिक च्याम्पियन



काठमाडौं, (नेस)
प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगितामा भ्यालिपब्लिक स्कुल च्याम्पियन बनेको छ ।

मंगलवार भएको फाईनल खेलमा लुभुको भ्यालिपब्लिकले आयोजक माउण्टओलिभलाई २३–२५,२५–१८,२५–२० र २५–२० को सेटमा हराउदै च्याम्पियन बन्यो ।

ललितपुरको सानागाँउ स्थित आयोजक माउण्टओलिभको कार्टमा तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०,२५–१८ र २५–२० को सेटमा हरायो । प्रतियोगिताको बिजेता टिमले १५ हजार,उपबिजेताले १० र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्