पर्यटक आकर्षणको केन्द्र पाँचथरका पोखरी



गणेश साम्पाङ, पाँचथर
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा न १ उत्तरे बजारका स्थानीयबासीहरु केही बर्ष अघि देखि पोखरी संरक्षणमा जुटेका छन । पाँच बर्ष पहिला हिउँदको समयमा करिब–करिब पोखरी सुक्न लागेको थियो । तर अहिले पोखरी भरिएर पानी जान थालेको छ । त्यस बेला एउटा मात्र पोखरी थियो तर अहिले स्थानीयबासीको सहयोगमा तीन वटा पोखरीमा टन्न पानी भरिएको कमलपोखरी संरक्षण समितीका अध्यक्ष भरतकुमार आङदेम्बे भन्नुहुन्छ ।

कुनै खास योजना नबनाई हामीले शुरु गरेको यो कार्य देखेर जिल्ला भू– संरक्षण कार्यालय पाँचथरले ग्याबिन पर्खाल लगाउनका लागि सहयोग पु¥याएपछि मेची पहाडी क्षेत्र पर्यटन बिकास तथा प्रवद्र्धन समितिले संरक्षणका लागि सहयोग गरेको छ । स्थानीयको सक्रियतामा सुक्न लागेकोे दुई वटा पोखरीले पुर्नजीवन पाएको छ भने आगामी दिनमा ७ सात वटा पोखरी पु¥याउने लक्ष्य छ आङदेम्बे बताउनुहुन्छ ।

कमल पोखरी छेउमा रहेको सानो पानीको स्रोत र सिमसारलाई छेकेर अर्को पोखरी समेत स्थानीयले निमार्ण गरेका छन अहिले कमल पोखरी आसपासमा ३ वटा पोखरी बनेका छन जुन पोखरीमा रहेका सुनौला माछा हेर्न र घुम्ल आउने आन्तरिक पर्यटकहरु समेत बढेको स्थानीय शिक्षक गायत्रीप्रसाद रिजाल भन्नुहुन्छ । पोखरीमा पानीको मात्रा बढेपछि त्यस ठाउँबाट शुरु हुने सावाँ खोलाको पानी बढेको छ त्यसले खानेपानी सिचाई गर्नमा सहयोग पु¥याएको सो वडाका वडाअध्यक्ष बिष्णुकुमार राई बताउनहुन्छ ।

उत्तरे पोखरी मात्र होइन अहिले जिल्लाका अन्य पोखरीहरको समेत संरक्षणमा स्थानीयबासीहरु जुटेका छन । पाँचथरकै मिक्लाजुङ गाउँपालिकाको–७ मा रहेको गोदुला भोजोला सिमसारलाई मेची पहाडी क्षेत्र पर्यटन बिकास तथा प्रवद्र्धन समितीसँगको साझेदारीमा तीन सय मिटर लम्बाइ ७६ मिटर चौडाइ भएको ताल बनेको छ । स्थानीय दिलेन्द्र बानुका अनुसार अहिले पोखरी यस क्षेत्रकै सबैभन्दा ठूलो पोखरी भएकाले पर्यटकहरुको चहलपल पनि बढेको बताउनुहुन्छ ।

तालमा अहिले जंगली हाँस सारस लगायत ४÷५ प्रजातिका चराहरु आउने गरेको स्थानीय शिक्षक सञ्जय राई बताउनुहुन्छ । रांकेभञ्ज्याङ–रबि–छ नम्बर बुधबारे सडकको कन्याटार कम्पुटार खण्डले छोएको सो ताल घुम्न आउनेको संख्या समेत बढ्दै गइएपछि स्थानीय पनि खुसी भएका छन् ।

गाइ बस्तु चराउने ठाउँको रुपमा प्रयोग भइ रहेको सीमसारलाई स्थानीय क्लबले संरक्षण गरेर ताल बनाएपछि गाउँको सुन्दरता बढेको त्यस तालबाट बगेर जाने कोप्चे खोलामा पानीको स्रोत बढेको छ । स्थानीय शिक्षिक सुष्मा राईले तालले भबिष्यमा आन्तरिक एबम बाह्यपर्यटक तान्न सक्ने सम्भावना बाकेको बताउनुभयो ।

यसैगरी फिदिम नगरपालिका–८ मा पर्ने साधुटारमा रहेको पुरानो सुकाइएको पोखरीको ठाउँमा स्थानीय युवाहरुले पुन पानीको ब्यबस्था गरेर पोखरीको रुप दिए पछिअहिले मिनी मुस्ताङ भनेर दैनिक २÷३ दर्जन पर्यटकहरु आउने गरेका छन । गाइ बस्तु चराउने ठाउँमा सानो पोखरी बने पछि त्यो पोखरीमा देखिने कुम्भकर्ण र कञ्चनजंघाको छायाँ नै यो पोखरीको आकर्षण हो । त्यही हिमालको प्रतिबिम्बलाई फोटोमा उत्र्तान हजारौं खर्च गरेर इलाम,झापा,इटहरी देखि धनकुटा सम्मका पर्यटकहरु साधुटार अवलोकन गर्न आउने गरेको अर्का स्थानीय युवा गणेश मुखिया बताउनुहुन्छ ।

जिल्लको हिलीहाङ गाउँपालिका–६ मा पर्ने जोरपोखरीले पनि अहिले पर्यटकको मन खिच्न थालेको छ । ५÷६ बर्ष अघि हिउँदमा सुक्ने अबस्थामा पुगेको पोखरीको संरक्षण गर्न पहल गरे पछि अहिले हेर्न लायक मात्र होइन प्रसस्त मात्रामा पर्यटक समेत आउने गरेको छ । जोरपोखरी आगेजुङ पर्यटन बिकास समाजका सचिव रबिन तिम्सिनाले पोखरीमा पानीको मात्रा बढेपछि बिभिन्न प्रजातिका चराहरु र मृगहरु समेत बेला बेलामा आउने गरेको बताउुहुन्छ ।

मेची राजमार्गको जोरपोखरी बजार छेउमा रहेको सो पोखरी पर्यटकिय र धार्मिक दृष्टिले समेत महत्वपुर्ण छ । यसले यस जिल्लाकै प्रमुख पर्यटक केन्द्रको रुपमा स्थान ओगट्न सक्ने हुनाले पनि आफुहरु संरक्षणमा जुटेको तिम्सिना भन्नुहुन्छ ।

जोरपोखरी कमल पोखरी जस्तै पाँचथरको फालेलुङ गाउँपालिकाको वटा न ३ मेमेङको सुकेधापमा रहेको सुकेपोखरीलाई पनि स्थानीयबासीले संरक्षण गर्न थालेपछि अहिले पोखरीमा पानी बढ्नुका साथै पोखरीको सुन्दरता समेत बढेको छ । केही बर्ष पहिलासम्म पोखरीको रुप लथालिंग थियो गाउँका युवाहरु मिलेर पोखरीको वरिपरि सरसफाई गर्ने अनि ग्याबिन वाल लगाए पछि पोखरीको रुप नै फेरिएको छ स्थानीय पत्रकार दिपेन्द्र राई भन्नु हुन्छ ,।

जिल्लाका बिभिन्न ठाउँमा रहेका पोखरीहरुको संरक्षणमा स्थानीयबासी जुटे पछि यस्ले दिन दिनै पानीको स्रोत सुक्दै गइ रहेको अबस्थामा पानीको स्रोतलाइ बचाउने काम संगै यसले पोखरीलाई आय आर्जनको रुपमा प्रयोग गर्न सकिने सम्भावना प्रशस्त छ । खास गरी यस्ता पोखरीहरुमा डुंगा चलाएर आय आर्जन बढाउन सकिन्छ भने पोखरीलाई अझ शुन्दर बनाएर त्यसबाट समेत आयआर्जन बढाउन सकिने पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काप्mले बताउनुहुन्छ । पोखरा मिरिक जस्ता ठाउँमा रहेका तालहरुबाट त्यहाँका ब्यबसायीहरुले लाखौं आम्दानी गरी रहेका छन । हामीले पनि अब हाम्रा तालहरुलाई संरक्षण पछि आय स्रोतको ब्यबसाय बनाउनु पर्ने खाँचो छ अध्यक्ष काप्mलेको भनाई छ ।

जैबिक बिबिधता तथा पर्या पर्यटन क्षेत्रमा कार्यरत संस्था दिपजोति क्लब पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तावा राई भन्नुहुन्छ,‘खोलाका मुहान अनि पोखरीहरु सुक्दै गईरहेको समयमा जिल्लामा पोखरी संरक्षणमा युवाहरुको सचेतना आउनु सुखद पक्ष हो ।’

प्रतिक्रिया दिनुहोस्