अमेरिका इरान तनाव: युएईको समुद्रमा साउदी तेल ट्यांकरमाथि आक्रमण



रियाद (एजेन्सी)
अमेरिका र इरानबीच बढ्दो तनावमा साउदी अरेबियाका तेल ट्यांकरहरुमाथ हमला भएको छ । संयुक्त अरब इमिरेट्सको जलक्षेत्रमा आफना २ ट्यांकरलाई निसाना बनाइएको साउदी अरेबियाले सोमबार जानकारी दिएको छ । उक्त आक्रमणले ठुलो नोक्सान भएको उसले जनाएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियाले आफनो मस्कोको प्रस्तावित यात्रा रद्द गर्दै इरानको मुद्दामा युरोपेली अधिकारीहरुसँग छलफलका लागि ब्रसेल्स गएपछि यो घटना भएको हो ।

यसबीच इरानले खाडी क्षेत्रमा जहाजहरुमाथि भएको हमलालाई चिन्ताजनक भएको बताउँदै जाँचको माग गरेको छ । समुद्री सुरक्षा भंग गर्न विदेश खेलाडी जेपनि दुस्साहस गर्न सक्नेमा तेहरानले सचेत गराएको छ ।

अमेरिकाले यसअघि नै यस क्षेत्रमा आपनो सैन्य उपस्थिति बढाइसकेको छ । साथै इरानका तर्फबाट उत्पन्न कथित खतराको सामना गर्न पर्सियन खाडीमा अमेरिकाका बी–५२ बमबर्षक विमान तैनाथ गरिरहेको छ ।

विदेश मन्त्रालयको एक सुत्रका अनुसार साउदी अरेबियाले आक्रमणको निन्दा गरेकोछ । संयुक्त अरब इमिरेट्सको समुद्री क्षेत्र नजिक ब्यवसायिक तथा नागरिक पानी जहाजलाई निसाना बनाइएको उसले जनाएको छ । सुत्रले भने–आपराधिक कार्यबाट समुद्री सुरक्षालाई लिएर गम्भिर खतरा उत्पन्न भएको छ र यसबाट क्षेत्र मात्र होइन अन्तराष्ट्रिय शान्ति तथा सुरक्षामा पनि नकारात्मक असर पर्नेछ ।

यसैबीच फुजैरा सहरको सिमाना बाहिर पर्ने जल क्षेत्रमा ४ वटा ब्यवसायिक पानी जहाजमाथि आक्रमण भएको आइतबार युएइले जनाएको थियो ।

साउदी उर्जा मन्त्री खालिद अल फालिहले दुई ट्यांकरलाई धेरै क्षति पुगेको तर कसैलाई चोट नलागेको र तेल पनि नफैलिएको जानकारी दिए । एसपीए समाचार एजेन्सीले फालिहलाई उदृत गर्दै युएईको विशेष आर्थिक क्षेत्रमा ट्याँकरमाथि तोडफोड भएको उल्लेख गरेको छ । त्यतिबेला जहाज अरब खाडी पार गरिरहेको थियो ।

फुजैरा पोर्ट युएईको एकमात्र टर्मिनल हो जनु अरब सागरको तटमा अवस्थित छ । यो मार्ग हुँदै धरैजसो खाडि तेल निर्यात हुने गर्छ । इरानले अमेरिकासँग सैन्य तनाव बढेमा उसले हार्मुज जलडमरु मार्ग बन्द गर्ने लगातार चेतावनी दिँदै आइरहेको छ ।

आक्रमणमा परेको एक ट्यांकर साउदी तेल टर्मिनलमा कच्चा तेल लिन गइरहेको र त्यो अमेरिकामा ग्राहक सम्म पुर्याइने फालिहले जानकारी दिए ।
संयुक्त अरब इमिरेट्सका अधिकारीहरुले घटनाको प्रकृतिका बारेमा नबताएको र यस घटनामा को जिम्मेवार हो भन्ने आसंका गर्न पनि अस्विकार गरेका छन् ।

अबु धाबले विश्वका शक्ति देशरुसँग समुद्री यातायात सुरक्षित बनाउनमा सहयोग गर्न अपिल गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसविले घटना यसको सम्भावित परिणामलाइ लिएर गहिरो चिन्ता ब्यक्त गरेको छ । ओमानको सागरमा भएका घटना चिन्ताजनक र अपसोचजनक भएको मौसवीले बताए ।

प्रतिक्रिया दिनुहोस्