एनआईसी एसिया बैंकको नाफा १४५ प्रतिशतले वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं
एनआईसी एसिया बंैकले चालू आव २०७५÷७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (१ अर्ब ९२ करोड) ले वृद्धि गरी ३ अर्ब २२ करोड सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (१ अर्ब ३५ करोड) को वृद्धिसहित २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ९३ करोड रहेको थियो ।

बंैकले यस आर्थिक वर्षमा ३३ दशमलव ५ प्रतिशत (५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड पु¥याएको छ । जसअन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (२९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत ( ४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पु¥याउन सफल भएको छ ।

त्यस्तै निक्षेप तथा कर्जामा यस बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी ३४ दशमलव ७१ तथा स्वपु“जीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१ दशमलव ४६ प्रतिशत रहेको छ ।

बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाईमार्फत स करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्