ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा



काठमाडौं, (नेस)
प्रभु बैंकले काठमाडांै महानगरपालिका– १५ स्थित ढुंगेधारामा नया“ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै डेपुटी गभर्नर शिवराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ पहु“चभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेकोमा अब ढुंगेधाराबासीले आप्mनै घर आ“गन नजिकबाट बिना झन्झट प्रभु बैंकको बैंकिङ सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्