प्रहरी हस्तक्षेप



हवाना,(एजेन्सी)
क्युवाको राजधानी हवानामा अनाधिकृत रुपले प्राइड मार्च आयोजना गरेको अभियोगमा प्रहरीले ठूलो संख्यामा समलिंगी अधिकारवादी अभियन्तालाई गिरफतार गरेको छ । होमोफोविया विरुद्धको सो १२ औं वार्षिक मार्च कम्युनिष्ट सरकारले रद्ध गरेपछि शनिवार अचानक आयोजना गरिएको थियो ।

अभियान्ताहरुले पहरी ज्यादतीको विरोध गर्दै सामाजिक संजाल मार्फत व्यापक रुपमा विरोध गर्न थालेका छन् । क्युवामा प्रहरीको पुर्व अनुमति बिना कुनै पनि विरोध ¥यनल ीआयोजना गर्न पाइँदैन । करिव १ सय जना प्रदर्शनकारीको हभागिता भएको सो मार्चमा सादा पोशाकका प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्