नवीनले विश्व च्याम्पियनसिपमा निणार्यक गर्ने



काठमाडौं, (नेस)

इंग्ल्यान्डको म्यानचेस्टरमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिप २०१९ मा नेपालका नवीनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

आगामी मे १५ देखि १९ सम्म म्यानचेस्टरमा हुने विश्व च्याम्पियनसिपमा नवीनले ग्यरोगीतर्पm निणार्यकको भूमिका निर्वाह गर्ने भएका हुन् । यसअघि नेपालबाट दीपराज गुरुङले मात्र विश्व च्याम्पियनसिपमा निर्णायक गरेका छन् ।

नवीन सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन् । नेपालमा दुई जना मात्र अन्तर्राष्ट्रिय सेकेन्ड क्लास निर्णायक छन् ।

नेपाल तेक्वान्दो संघका सचिवसमेत रहेका नवीनले आफूले पाएको जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गर्ने बताउँदै विश्व च्याम्पियनसिपमा नेपालका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । सोही विश्व च्याम्पियनसिपमा नेपालका दुई महिला र तीन पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् ।

महिला ५७ केजीमुनि निमा गुरुङ, ४९ केजीमुनि युनिषा राई तथा पुरुष ५८ केजीमुनि मनोज मल्ल, ६८ केजीमुनि वीरबहादुर महरा र ८० केजीमुनि निश्चलमान श्रेष्ठले नेपालको तर्पmबाट चुनौती दिनेछन् ।

नेपाली टोलीको प्रशिक्षणमा कोरियाली प्रशिक्षक योङदल क्वान छन् । संघका कोषाध्यक्ष कासिम मिँयाको नेतृत्वमा नेपाली टोली आइतबार नै म्यानचेस्टरतर्पm प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्