सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान



काठमाडौं, (नेस)
सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महŒवलाई साथ दि“दै सेञ्चुरी कमर्सियल बैंकले गाउं“गाउं“मा साक्षरता अभियान शुरु गरेको हो ।

यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउं“पालिकालाई लक्षित गरेर बैंकले पनौतीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्तसम्बन्धी जानकारीका दिएको थियो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउ“ंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिनुभयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पह“ुंच बढाउन गाउं“गाउ“सम्म वित्तीय साक्षरता अभियान शुरु गरिरहेको बताउनुभयो ।

स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए सोहि सम्बन्धमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाबारे प्रकाश पार्नु भयो र बैंकले दिइरहेको सेवा सुविधाबारे जानकारी दिनुभयो साथै बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका नियम श्रेष्ठले सहुलियतपूर्ण कर्जा सम्बन्धी जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्