पर्यटकिय स्थल नागछाँगा ओझेलमा



गणेश विष्ट भोजपुर ।
भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको ऐतिहासिक एंव धार्मिक पर्यटकिय क्षेत्र नागछाँगा ओझेलमा परेको छ । पर्यटनका लागि निकै सम्भावना बोकेको यो ठाउँ प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

यसको महत्वलाई विर्सेर झर्ना माथीको पानी वस्तीमा वितरण गरिदा यसको प्राकृतिक स्वरुप समेत विग्रदै गएको छ । यो नागछाँगा रामप्रसादराई गाउँपालिका वडा नं ६ वैकुण्ठे र वडा २ धोद्लेखानीको सिमानामा पर्दछ । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । जुन स्थलमा विभिन्न समय मेला महोत्सव र पुजा आजा समेत हुने गरेको छ । परापूर्व कालमा सक्कली नाग वस्ने गरेको तर नजिकै रहेको गोल्मेराजा गोल्मे रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नागभागेको किमदन्ती रहेको स्थानीय पुजारी जय प्रसाद निरौलाले वताएका छन् ।

गाउँपालिका र तत्कालिन जिल्ला विकास समितिले आवत जावतको लागि गोरेटो वाटोसंगै केहि संरचना निर्माण गरेको छ । पवित्र तिर्थभुमिसंगै पर्यकिय क्षेत्र रहेकाले यसको संरक्षणसंगै प्रचार–प्रसारमा ध्यान दिनु पर्ने स्थानीयको भनाई छ । अहिले विभिन्न जिल्लाबाट दर्शानार्थी आउने गरेका छन् । यसलाई संरक्षण गर्न सकेमा गाउँपालिकाको आर्थिक श्रोत बढ्ने स्थानीय उक्ता राई बताउन छन् ।

सो स्थानबाट नजिकै गोल्मेराजा गोल्मेरानी भिर रहेको छ । जुन स्थानको सम्वन्ध छागाँमा पनि जोडिएको छ । परापूर्वकालमा छागाँमा प्रत्यक्ष नागनै देख्न सकिने स्थानीय वताउने गरेका छन् । विगतका दिनमा पानीको निकै ठुलो फोहोरा झर्ने गरेको भएपनि छाँगा माथी रहेका दुई ओटा मुलको पानी वस्तीमा लैजादा पानी सुक्दै गएको छ । अवका दिनमा यसको बृहतर विकासका लागि डिपीआर तयार गरेर संरक्षण गर्ने र प्रसार प्रसारमा पनि ध्यान दिने गाउँपालिका अध्यक्ष विजय राईको भनाई छ ।

सो स्थानमा अहिले पनि धेरैको संख्यामा अन्तरिक पर्यटक पुग्ने गरेका छन् । जुन ठाउँको अवलोकन गरेपछि जो कोहिको पनि मन लोभिन्छ । तर छाँगा माथीको पानी वस्तीमा वितरण गरिदा यसको प्राकृतिक स्वरुप हराउदै गएको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्